Logo

फाइल तस्बिर

२७ फागुन,वीरगञ्ज । बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष नन्द किशोर चौधरी विरुद्ध वन ऐन २०७६ अन्र्तगत मुद्धा दर्ता गरिने भएको छ । डिभिजन वन कार्यालय बाराले उनी विरुद्ध वन ऐन अन्र्तगत मुद्धा चलाउने तयारी गरेको हो ।

उहाँलाई आज प्रमुख वन अधिकृत विनोद कुमार सिंहलाई अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको थियो । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर गरिएको वृक्षारोपण मासेको विषयमा छलफल भईरहँदा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । त्यस क्षेत्रको आज बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा सहितको टोलीले स्थलगत निरीक्षण गरेका थिए ।

तर डिभिजन वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रको अतिक्रमण हटाएर गरिएको वृक्षारोपण मास्ने कार्यमा वडा अध्यक्ष चौधरीको समेत संलग्नता देखिएको दावी गरेको छ । फागुन २३ गते उछृंखल प्रवृत्तिका केहि व्यक्तिले कोल्हबी–५ को ५.३९ हेक्टर जमिनमा लगाईएको ८ हजार ५ सय ५० वटा विरुवा काट्नुको र त्यसको संरक्षणका लागि गरिएको तारबार समेत भत्काएका थिए ।

त्यसको नेतृत्व वडा अध्यक्ष चौधरीले नै गरेको दावी वन कार्यालयको छ । घटनाको छानविनका लागि वन कार्यालयले अनुसन्धान अधिकृत तोकिसकेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा वडा अध्यक्ष चौधरी समेतको संलग्नतामा विरुवा नष्ट गरिएकोले वन ऐन २०७६ अनुसार वन सम्बन्धि कसुरमा मुद्धा चलाईने प्रमुख वन अधिकृत सिंहले बताउनुभयो । थप ४÷५ जनाको नाम समेत खुलिसकेकोले उनीहरुलाई समेत कानुनी दायरामा ल्याउने उनको भनाई छ ।

 


सम्बन्धित समाचार