Logo

२६ फागुन,पचगावाँ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको आयोजनामा आज शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामीण क्षेत्रको सुरक्षा अवस्था चुस्तदुरुस्त बनाउन कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभयो ।

कार्यक्रममा वक्ताहरुले विशेष चौराहा बजारमा अबेर रातसम्म होटलमा मदिरा सेवन गरी सार्वजनिक स्थानहरुमा होहल्ला, गाली बेइज्जती झगडा गर्ने, बिना हेल्मेट सवारी चलाउने, महिला हिसां, घरेलु हिसां, बाल हिसां, बालविवाह, सवारी दुर्घटना, विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत नसालु पदार्थ सेवन गर्ने, जंगलसँग सिमा जोडिएको गाउँहरुमा काठ तस्करी लगायतका गतिविधिहरुलाई रोक्न प्रहरी परिचालन गरिनुपर्ने माग गरेका छन् ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले प्रहरीले शान्ति सुरक्षाको सवालमा कसैसँग पुवाग्रही नभई निश्पक्ष रुपले सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

 


सम्बन्धित समाचार