Logo

२९ फागुन, वीरगञ्ज । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ । मतदाता नामावलीमा देखिएको त्रुटी छानबीन समितिले प्रतिवेदन बुझाएपछि निर्वाचनको नयाँ मिति तोकिएको हो ।

सहायक क्याम्पस प्रमुख अनिलकुमार रमण नेतृत्वको छानवीन समितिले प्रतिवेदन बुझाएपछि निर्वाचन कार्यतालिक संसोधन गरिएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्दा त्रुटी भएपछि विद्यार्थीहरुले छानवीनको माग गरेका थिए ।

तीन दिन भित्र त्रुटी बारे छानवीन गरेर प्रतिवेदन बुझाउन रघुनाथप्रसाद चौरसियाको संयोजकत्वमा समिति गठन गरिएको थियो । विद्यार्थी संगठनहरुबाट छानविनमा असहयोग भएको भन्दै उहाँले हिजै राजिनामा दिनुभएको थियो ।

यसैगरी ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा भोट फर चेञ्ज समूह अखिल क्रान्तिकारीमा समाहित भएको छ । नेविसंघका नेता जितेन्द्र मिश्र सहित भोट फर चेञ्ज समूहका विद्यार्थीहरू अखिल क्रान्तिकारीलाई सहयोग गर्ने गरि समाहित भएका हुन् ।

आज वीरगन्जको मूर्लीमा रहेको वीरगन्ज सिटी प्यालेसमा भएको कार्यक्रममा जितेन्द्र मिश्र, अनिष पटेल, किरण कुमारी याद, मुराज आलम, मुन्ना साह लगायत २० जनाले सामूहिक प्रवेश गरेका छन् । अन्य विद्यार्थीहरूपनि प्रवेशका क्रममा रहेको उनीहरूले बताएका छन् ।

नवप्रवेशीहरूलाई अखिल क्रान्तिकारीका केन्द्रीय सचिव प्रभाकर गुप्ता, केन्द्रीय सचिवालय सदस्य एवं पर्सा ईन्चार्ज शिवम साह, प्रदेश सचिव विवेक साह लगायतले अविर र खाँदा लगाएर प्रवेश गराएका थिए । अखिल क्रान्तिकारीका पर्सा अध्यक्ष कविराज पटेलको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो ।


सम्बन्धित समाचार