Logo

३० फागुन, वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैछ । ३५ जना कार्यसमितिको सदस्यहरुमा यसअघि नै सर्वसम्मत चयन गरिएको छ ।

आज पदाधिकारीहरुको लागि आज चुनाव हुन लागेको हो । पदाधिकारीमा सर्वसम्मत गर्नका लागि कार्यसमितिमा छलफल शुरु भएको छ । संघको विधान अनुसार यसअघिका बरिष्ठ उपायक्ष स्वतः अध्यक्ष हुनेछ ।

स्रोतका अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिवमा सर्वसम्मत हुने सम्भावना रहेको छ । अध्यक्षमा यसअघिका बरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल (पटावरी) हुने निश्चित जस्तै भएको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा हरि गौतम, दोश्रो उपाध्यक्षमा माधव राजपाल र तृतीय उपाध्यक्षमा मनोज दास र महासचिवमा आशिष लाठलाई सर्वसम्मत गर्ने विषयमा छलफल भईरहेको छ । दुई उपाध्यक्षमा अन्य सदस्यहरु पनि आकंक्षी रहेकोले निर्वाचन हुनसक्ने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार