Logo

३० फागुन, पचगावाँ । नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चोरी गर्ने आठजनालाई पक्राउ गरेको छ ।

केन्द्रको चुहावट नियन्त्रण टोलि, इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाको संयुक्त टोलिले गएराति गरेको अनुगमनका क्रममा बिजुलीको मेन तारमा सिधा हुकिग गरि विद्युत चोरी गरिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ थान मोटर समेत बरामद गरेको छ ।

यसैविच सप्तरीमा विद्युत् चुहावट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । अनधिकृत रुपमा विद्युत् उपयोग गरिरहेका सात जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने उनीहरुलाई जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण राजविराज शाखाले जनाएको छ ।

 


सम्बन्धित समाचार