Logo

३० फागुन, वीरगञ्ज । जनता समाजवादी पाटी (जसपा )बाराका पुर्ब जिल्ला अध्यक्ष अजय पटेल किर्ते गरेको आरोपमा पक्राउँ परेका छन् ।

परवानीपुर गाउँपालिका वडा नं.५ निवासी ४५ बर्षिय पटेल मोहि नभएको जग्गामा मोही छ भन्नी किर्ते गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरोको(सि.बि.आई) टोलीले उनलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

बर्षौ देखि हक भोग गर्दै आएको जग्गामा मोही छ भन्ने झुठो प्रमाण पटेलले दिएका कारण उजुरीको अधारमा उनलाई पक्राउँ गरिएको प्रहरी उपरिक्षक बोगटीले बताउनुभयो ।

पक्राउ परेका जसपाका पुर्ब अध्यक्ष पटेलले करिब १० बिघाहा जग्गामा मोहि छ भनी किर्ते गरेको आरोप छ । सिबिआईको टोलीले जिल्ला अदालतबाट मुद्धा दर्ता गरी आवश्यक अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको छ ।

 


सम्बन्धित समाचार