Logo

३० फागुन, वीरगञ्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनअन्तरगत मतदाता नामावलीका विवादका कारण अन्यौलमा परेको छ । मतदाता नामावलीका विषयमा विधार्थी संघसंगठन र क्याम्पस प्रशासनबीच पटकपटक हुँदै आएको विवादका कारण स्ववियु निर्वाचन अन्यौलमा परेको हो ।

मतदाता नामावलीकै बारे विधार्थी संघसंगठनले विवाद गरेपछि निर्वाचन समितिले चैत ५ मा हुने निर्वाचन , तीन दिनपछि धकेलेर चैत ८ गते गर्ने गरि सोमबार साँझ नयाँ मतदाता नामावलीसहित संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको थियो । तर, सोमबार साँझ सार्वजनिक मतदाता नामावलीप्रति फेरि विवाद जनाउँदै विधार्थी संघसंगठनहरूले मङगलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका छन् । यसले चैत ८ मा निर्वाचन समितिले तोकेको निर्वाचन फेरि अन्यौलमा परेको हो ।

सोमबार साँझ निर्वाचन समितिले ९ हजार ७ सय मतदाता सहितको मतदाता नामावली प्रकाशन गरेको हो । तर फोटोसहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने माग राख्दै मङगलबार बिहान नेपाल विधार्थी संघ , अनेरास्ववियु ,अखिल क्रान्तिकारी ,समाजवादी विधार्थी युनियनले क्याम्पस प्रमुखको कार्यकक्ष ,निर्वाचन समितिको कार्यालय , सूचना प्रविधि शाखा र विधार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका हुन् ।

फोटोसहितको मतदाता नामावली प्रकाशन र मतदाता विधार्थीहरूको परिचयपत्र वितरण गरेपछि मात्र निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने आफूहरूको माग रहेको समाजवादी विधार्थी युनियनका क्याम्पस इकाई उपाध्यक्ष शशी सर्राफले बताए । यी दुवै काम नभए सम्म निर्वाचन प्रकृया अगाडि बढ्न नदिने भन्दै उनले क्याम्पस प्रशासनले बेवास्ता गरे सम्पूर्ण विधार्थी संघसंगठनहरु आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

यअघि फागुन २१ गते क्याम्पस प्रशासनले प्रकाशन गरेको मतदाता नामावलीप्रति पनि विरोध जनाउँदै फागुन २६ गते विधार्थीले क्याम्पसको विधार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी नै गरेका थिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २३२ थियो । तर विधार्थी संघसंगठनहरुले १ हजार भन्दा बढि फर्जि विधार्थीको नाम समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरि मतदाता नामावलीबारे उत्पन्न विवाद सुल्झाउन छानबिन समिति गठन गरेको थियो । सहायक क्याम्पस प्रमुख अनिल कुमार रमनको संयोकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन समितिले सोमबार साँझ ९ हजार ७०० मतदाता सहितको नयाँ मतदाता नामावली र चैत ८ मा निर्वाचन गर्ने गरि संशोधित निर्वाचन तालिका प्रकाशन गरेको हो ।

नयाँ निर्वाचन तालिका अनुसार ,मंगलबार उम्मेदवारको मनोनयनपत्र (समानुपाति र प्रत्यक्ष दुवै) वितरण र बुधबार मनोनयनपत्र दाखिलाका लागि समय तोकिएको छ । तर मंगलबार विधार्थी संघसंगठनहरुले क्याम्पसमा तालाबन्दी नै गरेपछि यसले अब चैत ८ मा हुने भनिएको निर्वाचन पनि अन्यौलमा परेको छ ।

निर्वाचन अधिकृत रोशन लामिछानले भने त्रिविको स्ववियु निर्वाचन निर्देशिका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले काम गरिरहदा पनि विधार्थी संघसंगठनहरुले विभिन्न विवाद खडा गरिरहेकाले समस्या परेको बताए ।

फोटोसहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने निर्देशन नै नभएको उनले बताए । मतदाता विधार्थीहरुको परिचयपत्र बनाउने काम भइरहेको जानकारी दिँदै उनले भने ,‘ यो विषयलाई लिएर विवादगर्नुको कुनै अर्थ छैन , क्याम्पस प्रशासनले परिचयपत्रको व्यवस्थापन गरि नै हाल्छ ,त्यसका कारण विधार्थीले तनाव लिनु र विवाद गर्नु जरुरी छैन ।

क्याम्पसका विभिन्न शाखामा गरिएको तालाबन्दीका सन्दर्भमा निर्वाचन अधिकृत लामिछानेले भने,‘तालाबन्दीले कुनै असर पर्दैन ,चैत ८ मै निर्वाचन हुन्छ ,त्यसका लागि क्याम्पस प्रशासनले विधार्थीहरुसँग छलफल गरेर निर्धारित तालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउँछौं ।सभार—अन्नपूर्ण पोस्ट

 


सम्बन्धित समाचार