Logo

३० फागुन,वीरगञ्ज । पर्सा प्रहरीले वीरगंजबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका–३ कमलनगर बस्ने १८ वर्षीय किशोर र मकवानपुर चिसापानी बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगञ्ज–१४ स्थित ना.५ख ५८९४ नम्बरको बसलाई रोकेर चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई लागूऔषध सहित फेला पारेको थियो ।

उनीहरुको साथबाट नुर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल गरि जम्मा ४५ एम्पुल बरामद गरेको प्रहरीको दावी छ ।


सम्बन्धित समाचार