Logo

१ चैत,काठमाडौं। नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्नेका लागि निर्देशन गरेको समेत दिएको उनले बताए। उपराष्ट्रपति पदको यही २०७९ चैत्र ३ गते हुने निर्वाचनमा गठवन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनु भएका जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणि समिति सदस्य रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने र संघीय संसदका माननीय सदस्य एवं प्रदेश सभाका माननीय सदस्यहरुलाई यादवकै पक्षमा मतदान गर्न निर्देश गरेको छ।

’चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्।


सम्बन्धित समाचार