Logo

१ चैत,बारा । डिभिजन बन कार्यालय बाराले गएराती पिकअपमा लोड गरिएको अवस्थामा करिब एक सय क्युफिट काठ बरामद गरेको छ । हलखोरीया साझेदारी बन क्षेत्र भित्र पर्ने जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ मा रहेको ५ किलो स्थित जङ्लबाट काठ बरामद भएको हो ।

बिशेष सुचनाको अधारमा गएको बन गस्ती टोलीले बा प्रदेश ०१ ०२७ च ०८४२ नम्बरको पिकअपमा लोड गरिएको अवस्थामा दुई थान सालको गोलिया काठ बरामद भएको बाराका डिभिजन बन अधिकृत बिनोद सिँहले जानकारी दिनुभयो । काठ लोड गरिएको पिकअपसँगै उक्त ठाउँमा ना १९ प १५७३ नम्बरको एउटा होन्डा साईन मोटरसाईकल बरामद भएको छ ।

बन गस्ती टोलीलाई देखेर काठ तस्कर भागेको हुन सक्ने डिभिजन बन अधिकृत सिँहले बताउँनुभयो । बरामद पिकअप गाडि र मोटरसाईकललाई दाबी गर्न अहिलेसम्म कोही नआएको बन अधिकृत सिँहले जानकारी दिनुभयो ।

फरार काठ तस्करहरुको बिषयमा खोजि कार्य भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । बरामद काठ ,पिकअप र मोटरसाईकललाई डिभिजन बन कार्यालय सिमराको नियन्त्रणमा राखिएको सहायक बन अधिकृत जवाहर कुर्मीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार