Logo

२ चैत,पर्सागढि । प्रहरीले पर्साबाट लागु औषध गाजा सहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका– ३२ बस्ने रामतुल्लहा मिया, चितवन राप्ती नगरपालिका– १२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो । उनीहरुलाई आज बिहान ५ बजे २६ किलो गाजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोमा सवार थिए । मियाँ अटो चालक हुन् । उनीहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार