Logo

२ चैत,चितवन । चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बन भएका छन् । जुम बैठक चलिरहँदा महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गर्ने डीन जयप्रकाशलाई निलम्बन गरिएको हो ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्य प्रसाद रेग्मीले महिला कर्मचारीलाई दुव्र्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई आज निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार यस विषयमा छानविन गर्न छानविन समिति पनि गठन गरिएको छ ।


सम्बन्धित समाचार