Logo

२ चैत,वीरगञ्ज । पर्साको पोखरीया नगरपालिका–४ मा रहेको अस्पताल स्थित वशिष्ठ साहले संचालन गर्दै आएको किराना पसलमा चोरी भएको छ ।

गएराती चोरहरुले पसलको पछाडिको पक्की भित्ता फुटालेर चोरी गरेको संचालक साहको गुनासो छ । पसलबाट मुसुरोको दाल एक बोरा, रिचार्ज कार्ड, स्यारेलेक्स, नगद, खाद्यान्न चोरी भएको उहाँको दावी छ ।

किराना पसलको १ सय मिटर दुरीमा प्रहरी बिट हुदाँ समेत सुरक्षा अवस्था बलियो नभएको भन्दै स्थानियले गुनासो गरेका छन् । यसअघि पनि पोखरीयामा चोरीको घटना पटकपटक हुदैँ आएको र यस विषयप्रति प्रहरी उत्तरदायि नभएको उनीहरुको आरोप छ ।


सम्बन्धित समाचार