Logo

२ चैत,वीरगञ्ज । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका–२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् ।

मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो ।

फैसलादेखि फरार रहेका थिए । उनलाई फागुन ३० गते पक्राउ गरी बुधबार जिल्ला अदालतमा पेस गरिएको र कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।


सम्बन्धित समाचार