२ चैत,वीरगञ्ज । किरण आँखा अस्पतालले आफ्नो ६औँँ वार्षिकोत्सवको अवसरमा अतिविपन्न परिवारका ११ जनालाई निशुल्क सेवा दिने भएको छ । स्वास्थ्य पत्रकार समाजले आज किरण आँखा अस्पताल परिसरमा गरेको अन्तक्रिया कार्याक्रममा अस्पतालले यस्तो जानकारी दिएको हो ।
अस्पतालमा आँखाको सबै प्रकारको उपचार हुने गरेको अस्पतालका संचालक डा.जगदीश अग्रवालले बताउनुभएको छ । उहाँका अनुसार अस्पतालमा आँखाको रेटिना, जलबिन्दु, मोतियाबिन्दु, जस्ता उपचार गरिन्छ ।
मधेश प्रदेशकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस अस्पतालमा बाल नेत्ररोग सम्बन्धि उपचार पनि गरिने डा. अग्रवालले बताउनुभयो ।
अस्पतालमा नेत्ररोग विशेषज्ञको रुपमा डा.अमर क्याल, बाल नेत्ररोग विशेषज्ञ डा.बन्दना क्याल र एनेस्थेसियन डा.जगदिश प्रसाद अग्रवाल कार्यरत हुनुहुन्छ । २०७४ साल फागुन ३० गते उक्त अस्पतालको स्थापना भएको थियो ।