Logo

२ चैत,वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाको आज निधन भएको छ । दम रोग लगायतका समस्याले अस्वस्थ रहनुभएका रुंगटाको ८८ बर्षको उमेरमा आज दिउँसो निधन भएको हो ।

पाँचदिन अघि स्वास्थ्यमा समस्या देखिएपछि बयोधा मेडिसिटी अस्पतालमा भर्ना गरिएकोमा उहाँको उपचारको क्रममा आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वन अधिकृतको रुपमा सरकारी सेवामा समेत काम गर्नुभएका रुंगटा सेवा निवृत्त भएपछि व्यापार व्यावसायमा पनि लागेर निजी क्षेत्रको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्व समेत गर्नुभएको थियो ।

दिवंगत रुंगटाको श्रीमती, तीन छोरा र दुई छोरी छन् । जेठो छोरा सुनिल रुंगटा, माहिला छोरा अनिल रुंगटा र कान्छा छोरा अनोज रुंगटा हुन् । त्यस्तै छोरीहरु पिंकी गोयल र सुनिता चौधरी हुन् ।
अनिल नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य तथा अनोज वीरगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित सहकोषाध्यक्ष रहेका छन् ।


सम्बन्धित समाचार