Logo

२ चैत,बारा । बाराको सिमरामा सिमरा महिला साकोसको आयोजनामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम भईरहेको छ । तीन दिनसम्म चल्ने तालिमको बुधबारबाट संस्थाकै सभाकक्षमा सुरु गरिएको छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ( समृद्धि) को सहयोगमा तीन दिनसम्म सञ्चालन हुने तालिममा सहकारी संस्थामा आबद्ध १५ जना शेयर सदस्य र अन्य १० जना गरी २५ जनाको सहभागिता रहेको छ ।

लागतको ७५ प्रतिशत समृद्धि संस्थाको र आयोजक संस्थाको २५ प्रतिशत लगानीमा तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।महिलाहरुलाई आर्थिक ज्ञान दिन र ऋण लिइसकेपछि कसरी त्यसलाई व्यवसायमा लगाउन सकिन्छ भन्ने बारेमा चेतना जगाउन तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष अनिता लम्सालले जानकारी दिनुभयो ।

तालिममा सहकारी विज्ञ प्रकाश पाण्डे र संस्थाका उपाध्यक्ष मुना खरेलले सहजीकरण गर्नुहुने संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार