Logo

सेढवा ,पर्सा । पर्साको पटेर्वासुगौली गाउपालिका वडा नं २ मा रहेका शिवम लेयर्स फार्म प्रा लि को पालिकाले अनुगमन गरेका छन। गाउपालिका अध्यक्ष दिनेश कुमार चौधरीको नेतृत्वमा आज फार्मको सरसफाईको बिषयलाई लिएर अनुगमन गरिएका छन।

फार्म संचलनका लागि गरिएको सम्झौताका अनुरुप सरसफाईका कुनै पनि मापडण्ड कार्यन्वन नभएको अध्यक्ष चौधरीले बताए। फार्मबाट निस्केका फोहर व्यवस्थापनका लागि डम्पिंग साइड निर्माण नभएकाले खुल्ला स्थानमा फालिदा सो क्षेत्र दुर्गन्धित भएको अध्यक्ष चौधरीले बताए।

यसका साथै फार्म संचालक पक्षले समय समयमा किटनाशक औषधी नछर्दा क्षेत्रमा रहेका एक दर्जनभन्दा बढि गाउमा चौबिसै घण्टा झिंगा भन्किने गरेकाले स्थानीयले दैनिक जिवन बिताउन समस्या भएको अध्यक्ष चौधरीले बताए। आज गरिएको अनुगमनक प्रतिबेदन त्यार गरी जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाउने तथा उद्योग दर्ता खारिजका लागि सम्बन्धित निकायमा पत्राचार गरिने अध्यक्ष चौधरीले बताए।

संचालक पक्षलाई फोहर व्यवस्थापन गरी सरसफाई कायम गर्न पटक पटक पत्राचार गरिएका उपाध्यक्ष ममता महतोले बताईन। तर संचालक पक्षले अटेरी गरी सम्झौताका अनुसार कार्यन्वन नगरेका हुदा उद्योग बन्द गर्न पालिका लागेको बताइन।

यसका साथै पालिकाबाट हुने सो फार्मका वातावरणीय परिक्षण मूल्यांकन प्रतिवेदन, कार्य सम्पन्नको सिफारिस प्रतिबन्ध गरिएको उपाध्यक्ष महतोले बताईन।
अनुगमन टोलीमा उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्ष बिजय गैरे, कार्यपालिका सदस्य सबिना बिक, प्राबिधिक प्रदिप चौरसिया , जनप्रतिनिधिहरु, संचारकर्मीहरुको सहभागिता रहेका थिए।


सम्बन्धित समाचार