Logo

३ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका–३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदा र मकवानपुर जिल्ला लाउती गाउँपालिका–३ बस्ने ५९ वर्षीय रामजी थिङलाई पक्राउ गरेको हो ।

होदाले आफ्नो घरमा लागुऔषध गाँजा लुकाईराखेको गोप्य सूचनाको आधारमा पर्साका प्रहरी उपरिक्षक कोमल शाहको कमाण्डमा खटिएको प्रहरीको टोली हिजो दिउँसो उनको घरमा खानतलासी गरेको थियो ।

सोही क्रममा होदाले लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित २९ किलो लागुऔषध गाँजा फेला पारेको प्रहरीको दावी छ । साथै होदा सहित लागुऔषध किनबेचमा सलंग्न रहेको आरोपमा थिङलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई प्रहरीको हिरासतमा राखी लागुऔषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको थप गरि अनुसन्धान भईरहेको प्रवक्ता गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार