Logo

५ चैत,बारा । सानाकिसान कृषि सहकारी संस्था डुमरबानाको २७ औँ बार्षिक सधारण सभा डुमरबानामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कडेँलले गर्नुभएको थियो । अध्यक्ष कडेँलले सबैको सहकार्यरतामा नै सहकारी चल्ने भएकाले बिभिन्न रिस ,राग बिर्सिएर एकताबद्ध हुन आग्रह गर्नुभएको थियो ।

उहाँले बिश्वका बिकसित सहकारीको उदाहरण दिँदै गर्दा के गर्न सकिदैन् भन्ने कुराको चरितार्थ गरेका थिए ।नेपाल सरकारले सहकारीमा लगाउँन गईरहेको अनावश्यक करको आफुहरु बिरोध गरेको बताउँनुभयो । २५ लाख भन्दा बढीको बचत सहकारी जम्मा गर्न नपाउँने ब्यवस्था राज्यले गर्न लागेको प्रती आपत्ती जनाउँनुभयो । यस्तो कार्य कदापी स्वीकार नहुने जिकिर गर्नुभयो ।

कार्यक्रममा संस्थाको २६ औँ वार्षिक साधारण सभामा सम्मान गर्न बाँकि उत्कृष्ट बचत कारोबार, उत्कृष्ट ऋण कारोबार, उत्कृष्ट समूह बचत, उत्कृष्ट फलफूल खेती, उत्कृष्ट उद्योगव्यापार, उत्कृष्ट व्यवसायिक पशुपालन, उत्कृष्ट देनिक वचत, उत्कृष्ट पशुधन संरक्षणकर्ता, उत्कृष्ट व्यवसायिक तरकारी खेती, उत्कृष्ट अन्तरसमूह लगायतका विधामा संस्थाको सेवाकेन्द्र डुमरवाना, सिमरा, नीजगढ, कतर्वा, कोल्हवीका सदस्यहरुलाई दोसल्ला र प्रशंसापत्र सहित नगद रु एक हजार प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रदिप बरालका अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सञ्चालक बिष्णु प्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, कोल्वी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी,

जिल्ला कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादव, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ कावडाध्यक्ष रामप्रसाद लामिछाने, निर्वाचन समिति सदस्य राजु अधिकारी, संस्थाका पूर्व अध्यक्ष शिव प्रसाद अधिकारी, जिल्ला संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, इलाका कार्यालय हेटौडाका प्रबन्धक कृष्णकुमारी शर्मा, नेपाली काँग्रेसका नर सभापति छवि शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, सञ्चारकर्मी उपेन्द्र ठाकुर र भोजराज भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष प्रदिप बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक बिष्णु कुमार श्रेष्ठले गर्नुभएको थियो ।


सम्बन्धित समाचार