Logo

५ चैत,बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नं.१५ स्थित डुमरवाना सम्पन्न भएको प्रतियोगितामा सिमरा तेक्वान्दो डोजाङ प्रथम, बारा द्धितीय र धनुषा तृतीय भएको छ ।

प्रतियोगिताका बिजयी खेलाडीलाई मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सिमरा तेक्वान्दो डोजाङका प्रमुख बिजय शाह ठकुरी, पर्सा जिल्ला तेक्वान्दो संघका सदस्य राजेन्द्र खड्गी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । प्रत्येक जिल्लाबाट १४ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।


सम्बन्धित समाचार