Logo

५चैत,वीरगञ्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ । विश्वकप क्वालिफायरमा छनौट भएपछि पहिलो पटक गृहनगर वीरगञ्ज आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आरिफ शेख र आसिफ शेखलाई महानगरले सम्मान गरेको हो ।

महानगरपालिकाको कार्यालयमा मेयर राजेशमान सिंहले उनीहरुलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए । त्यसअवसरमा आरिफ र आसिफका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गरेका थिए ।

मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पु¥याउन विशेष भूमिका निर्वाह गरेकोमा उनीहरुको प्रशंसा गर्दै चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरे । सोही दिन महानगरले यसअघि घोषणा गरेको यमहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान गर्ने उनको भनाई छ ।
महानगरको सम्मानले आफूहरुलाई अझ हौंसला थपिदिएको प्रतिक्रिया उनीहरुले दिएका छन् ।


सम्बन्धित समाचार