Logo

६ चैत,वीरगञ्ज ।  पर्सा प्रहरीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ ल्याउदैँ गरेको प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ भिस्वाका २० वर्षीय बलजित यादवलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीररगञ्ज महानगरपालिका १ ह १–०११८ नम्बरको ई–रिक्सालाई गत शनिबार राती करिब साढे ९ बजे शकंराचार्य गेटस्थित सडकखण्डमा चेकजाँचका लागि रोकेको थियो । सोही क्रममा यादवले ई–रिक्साको सिट मुनी लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागुऔषध ओनरेक्स १०० एमएल लेखिएको सिरफ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ओनरेक्स १०० एमएलको सिरफ ५ कार्टुनमा १ सय ७८ बोतल फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । बरामद लागुऔषध सहित यादवलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको डिएसपी गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार