Logo

६ चैत,वीरगञ्ज । रौतहटमा जगंली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ बस्ने ५० वर्षीय मिना मगरको मृत्यु भएको हो ।
घाँस काट्न गाँउ नजिकैको जगंलमा गएको समयमा उनलाई आज बिहान ११ बजेको समयमा धन्सार जगंल क्षेत्रमा जगंली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार