६ चैत,वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा दन्त क्याम्पस सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेजले विश्व दाँत दिवसको अवसरमा डेन्टल क्याम्पस संचालनमा ल्याएको हो ।
कलेजले विश्व दाँत दिवसको अवसरमा निःशुल्क रुपले दाँत चेकजाँच शिविरको आयोजना गरेको थियो । शिविरको उद्घाटन कलेजका चेयरम्यान डा.जैनुद्दीनले गर्नुभएको हो । कलेजका डेन्टल विभाग प्रमुख डा.कौशल कुमार सिंहले सबैले आफ्नो मुखको स्वास्थ्य राम्रो बनाउन आग्रह गर्नुभएको थियो ।
उहाँले दाँत बलियो भयो भने हिम्मतिलो हुने भन्दै उनीहरुलाई जागरुक बनाउन नै शिविरको आयोजना गरिएको बताउनुभयो । शिविरमा १ सय ५० जना महिला तथा पुरुषहरुको निशुल्क दाँतको परिक्षण गरिएको थियो ।
शिविरमा नेशनल मेडिकल कलेजका एमडी बरसुद्दिन अन्सारी, डाईरेक्टर डा. ईशरत जहा अन्सारी, प्रिन्सिपल डा. केएन सिहं, एकेडेमी डाईरेक्टर डा. नुसरत जहा अन्सारी, मार्केटिङ डायरेक्टर डा. साहनवाज अन्सारी, मेडिकल कलेजका प्रतक्ता सेहराज अहमद लगायतकाको उपस्थिती रहेको थियो ।