Logo

७ चैत,,कलैया । बाराका किसानहरुले आज कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन । करिब एक सयको संख्यामा रहेका किसानहरुले बिहान ११ बजे देखि उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।

कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र उपमहानगरपालिकाले जफ्त गरेको तरकारीको क्षतिपूर्तिको मागगर्दै किसानहरुले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।

सेड नपाएर आफुहरुले कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी र तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकामा लगी कुहाएकोले उचित क्षतिपूर्ति नगरपालिकाले दिनु पर्ने कलैया उपमहानगरपालिका–८ का किसान रोहित चौरसियाले माग गर्नु भयो ।

नगर प्रहरीले गएको चैत्र ३ गते करिब ५० जना बढी किसानको तरकारी नियन्त्रणमा लिएको थियो ।


सम्बन्धित समाचार