Logo

७ चैत, काठमाडौं । सोमालियामा गत वर्ष खडेरीका कारण ४३ हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । सोमालिया सरकार र संयुक्त राष्ट्र संघीय एजेन्सी युनिसेफद्वारा जारी गरिएको प्रतिवेदनमा खडेरीका कारण मृत्यु भएका ४३ हजार मध्ये आधा पाँच वर्ष मुनिका बालबालिका रहेका छन् ।

सोमालियको राजधानी मोगादिशुमा प्रतिवेदन सार्वजनिक गर्दै युनिसेफका प्रतिनिधि वाफा सहिदले सन् २०१७ र सन् २०१८ सोमालियाको खडेरी भन्दा डरलाग्दो परिस्थिती गत वर्ष भएको उल्लेख गर्नुका साथै आगामी वर्षहरुमा स्थिति झन् खराब हुने बताउनुभयो ।

लण्डन स्कलु अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनको नेतृत्वमा गरिएको अध्ययनले सन् २०२३ को पहिलो ६ महिनमा मृत्यदर बढ्न सक्ने चेतावनी दिएको छ । सो अवधिमा १८ हजार देखि ३४ हजार सम्मको मृत्यु हुने अनुमान गरिएको छ । सोमालियामा खाद्य संकटले सुत्केरी महिला बालबालिका मारमा पर्ने गरेको भन्दै भोक र कुपोषण मौलाएको बताइएको छ । एजेन्सी


सम्बन्धित समाचार