Logo

७ चैत,वीरगञ्ज । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले वडा प्रहरी कार्यलय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक आशुतोष शाहीको स्वागत गरेको छ ।

डिल्लीराज सापकोटाको सरुवा भई श्रीपुरको नेतृत्व सम्हाल्न आईपुग्नु भएका शाहीलाई टीका, खाँदा तथा फूलको गुच्छा दिएर स्वागत गरेको हो । केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा आयोजना गरेको स्वागत परिचयात्मक एवम् अन्र्तक्रिया कार्यक्रममा बोल्दै समाजमा शान्ती स्थापना गर्न र आपराधिक क्रियाकलाप कमगर्न सक्रिय भुमिका निर्भाह गर्ने श्रीपुरका प्रमुख प्रहरी निरिक्षक शाहीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्देश्य बमोजिम समाजलाई सचेत बनाउने र सभ्य समाज निर्माण गर्ने बताउदैँ प्रहरीप्रतिको गलत धारणालाई अन्त्य गर्न आग्रह समेत गर्नुभएको छ । सामुदायिक सेवा केन्द्र श्रीपुरका अध्यक्ष राम सर्राफले प्रहरी निरिक्षक शाहीलाई आफ्नोपन आभाष गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।


सम्बन्धित समाचार