Logo

८ चैत,वीरगञ्ज । पर्साको पोखरीयामा चितुवाको आक्रमणबाट एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट पोखरीया नगरपालिका–४ का ३० वर्षीय दिल महम्मद मियाँ, वडा नं. ५ का जोगिन्द्र साह तेली र ईलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाईते भएका हुन् ।

घाईतेमध्ये मियाँको अवस्था गम्भिर रहेको र उनलाई पोखरीया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल ल्याईएको छ । तेली र यादवको भने पोखरीया अस्पतालमै उपचार भईरहेको स्थानिय शैलेश गुप्ताले जानकारी दिनुभयो ।

सतवरिया स्थित गँहुबारी हुँदै गाउँमा पसेको चितुवाले स्थानियलाई आक्रमण गरि घाइते बनाउन थालेपछि नियन्त्रणमा लिन प्रहरीको टोली जाँदा प्रहरी जवान यादवलाई पनि आक्रमण गरि घाइते बनाएको हो ।

चितुवा अहिले पनि गाँउकै एक गोठमा लुकेर बसेकाले नियन्त्रणका पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरुलाई बोलाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सूचना अधिकारी दिपक गिरीले जानकारी दिनुभयो । नेपाल प्रहरी र डिभिजन वन कार्यलयको टोली उक्त स्थानमा सुरक्षाका लागि तैनाथ रहेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।


सम्बन्धित समाचार