Logo

८ चैत,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जवाट विल विजक भन्दा वढी खुद्रा हार्डवेयर तथा लत्ताकपडाहरु लोड भएको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

विल विजक भन्दा वढी सामना लोड गरेर वीरगञ्जवाट नेपालगञ्जतर्फ टुक गईरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई वटा ट्रकलाई वीरगञ्ज–८ घण्टाघर चोकमा रोकेर चेकजांच गरेको थियो । चेकजाचको कममा ना८ व १६५३ र ना ३८२ नम्बरको ट्रकमा लोड गरिएको सामानहरुको विल विजक शंकास्पद भएको पाइएको प्रहरीको दावी छ ।

मालवाहक ट्रकभित्र अन्दाजी एक करोड ११ लाख ९९ हजार ३९ रुपैया मुल्य बरावरको लोड रहेका खÞुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।

यस्ते ना ३ च ३१५० नम्बरको पिकअप गाडीमा पनि प्रहरीले चेकजाचको कममा विल विजक भन्दा वढी सामना भेटेको थियो । पिकअपमा लोड रहेको पांच लाख ६९ हजार एक सय ७ रुपैया बरावरकॉ सामनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पराले जनाएको छ ।


सम्बन्धित समाचार