Logo

९ चैत,वीरगञ्ज । दमौलीमा चैत ११ मा रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स हुने भएको छ । तनहूँको दमौलीमा रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजनामा तथा रोटर्‍याक्ट क्लब अफ दमौलीसहित अन्य रोटर्‍याक्ट क्लबको होस्टमा दोस्रो पिएस मिट र पेट्स सेट्स हुने भएको छ ।

यहीँ चैत ११ गते शनिबार जिल्लाको दमौलीमा उक्त कार्यक्रम गर्न लागेको रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए । रोटर्‍याक्ट क्लब अफ दमौलीसहित रोटर्‍याक्ट क्लब अफ बज्र मनास्लु, गोरखा र स्वयम्भु भैसेपाटीले होस्ट गर्नेछन भने रोटर्‍याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको कोहोस्ट गर्ने छन ।

सो कार्यक्रममा देशभरका १८० रोटर्‍याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरु आउने कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए ।संयोजक कार्कीका अनुसार देशभरबाट करिब ७ सय बढीको उक्त कार्यक्रममा उपस्थिति रहनेछ ।

आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहूँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने समेत उक्त कार्यक्रमको उद्देश्य रहेकोे क्लबका सचिव किरण श्रेष्ठले जानकारी दिए ।सो कार्यक्रममा करिब २० लाखको खर्च रहेकोे क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको कार्यक्रमका उपसंयोजक सुगतचन्द्र हड्खलेले जानकारी दिए ।


सम्बन्धित समाचार