Logo

तस्बिर—विशाल पटेल

९ चैत,वीरगञ्ज । अन्तर्राष्ट्रियस्तरको सपिङ सेवा दिदै आएको नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनी सुपरमार्केट आजदेखि शुभारम्भ भएको छ । मधेस प्रदेशमै पहिलो स्टोरको रुपमा वीरगञ्जमा भाटभटेनीको २४ औं शाखाको शुभारम्भ भएको हो ।

वीरगंज–१४ गण्डक, बहुअरीमा २ बिगाह १० कट्ठा क्षेत्रफलमा रहेको यस सुपरमार्केटमा दुई लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अन्डरग्राउन्ड बेसमेन्ट पार्किङ्गहित सात तल्लाको भवन रहेको छ । अहिलेसम्म देशभरका २३ स्थानमा रहेका सुपरमार्केटको तुलनामा वीरगंजमा निर्माण भएको भवन तथा सपिङ क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो रहेको भाटभटेनी सुपरमार्केटका व्यवस्थापनको भनाई छ ।

 

वीरगंज स्टोरको २ अर्ब ५० करोडभन्दा बढी लागत रहेको र २५० स्थानीयले रोजगार पाउनेछन् । स्वदेशमैं सहज र सुलभ मूल्यमा अन्तर्राष्ट्रियस्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवालाई रोजगार दिने सुपर मार्केटको स्टोरमा खाद्यान्न, भाँडाकुँडा, खेलौना, लत्ताकपडा, जुत्ता, टिभी, फ्रीज, वाशिङ मेशिनलगायत दैनिक उपभोग्य सबै सामान एकै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराइने व्यवस्थापक विनोद भट्टराईले बताउनुभयो ।

फूडकोर्टसहितको पूर्ण वातानुकूलित एवं आकर्षक सजावटसहित एकै स्थानमा अन्तर्राष्ट्रियस्तरका ब्रान्डेड सामानहरूलगायतका सुविधाहरू भएकाले उपभोक्ताको समयको बचत हुने उहाँले बताउनुभयो । स्टोर शुभारम्भको अवसरमा (आजं) ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्री होम डेलिभरी सुविधा उपलब्ध पाईनेछ ।

 


सम्बन्धित समाचार