Logo

९ चैत,वीरगञ्ज । मधेस प्रदेश सरकारले सञ्चालन गरेको ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रम अन्र्तगत २० हजार भन्दा बढी छोरीहरुको बिमा अन्यौलमा परेको छ । २०७८ साल अघिसम्म जन्मेका छोरीहरु मध्ये २० हजार भन्दा बढी छोरीको बिमा अन्यौलमा परेको हो ।

प्रदेशमा जन्मेका छोरीहरुलाई बचाउन तथा उनीहरुलाई उच्च शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷७७ देखि नै ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । कार्यक्रम सञ्चालनमा आएपछि प्रदेश सरकारले छोरीहरुको बिमा गर्नको लागि शिविर नै सञ्चालन गरेको थियो । उक्त शिविरहरुमा गरिएका २० हजार भन्दा बढी छोरीहरुको बिमा अन्यौलमा परेको हो ।

किनभने शिविरमा बिमा गरिएको २० हजार भन्दा बढी छोरीहरुले अहिलेसम्म न त बिमाको कागजात नै पाएका छन । न त उनीहरुले यस सम्बन्धि कुनै जानकारी नै पाएका छन् । ०७८ साल भन्दा अघि गरिएका छोरीहरुको बिमा अन्यौलमा भएको ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रम संयोजक प्रियंका यादवले जानकारी दिनुभयो ।

उहाँले ०७८ साल भन्दाअघि गरिएका शिविरमा छोरीहरुको बिमामध्ये २० हजार भन्दा बढी छोरीहरुको कागजात प्रमाणहरु स्थानीय तहहरुले नै राखेका कारण उनीहरुको बिमा पोलिसी अन्यौलमा रहेको बताउनुभयो । स्थानीय तहहरुले कोभिड महामारी भएको बताएर छोरीहरुको बिमाको कागजात नपठाएको यादवको भनाई छ । तर, आफुहरुले सम्बन्धित स्थानीय तहलाई कागजात पठाउन सुचना गरेको उहाँको भनाई छ ।

कार्यक्रम शुरु गरिएको समयमा प्रदेशमा जन्मिएका छोरीलाई एक लाखको निःशुल्क बीमा गरिएको थियो । २०७६ साल फागुनदेखि बीमा रकम बढाएर अहिले तीन लाखसम्म मधेस प्रदेश सरकारले पु¥याएको छ । २०७८ साल भन्दा अघिको २० हजार छोरीहरुको बिमा अन्यौलमा रहेको भएपनि ०७८ सालदेखि भने प्रदेश सरकारले अनलाईनमार्फत नै बिमा पोलिसीको फारम भर्न सक्ने ब्यावस्था मिलाएको संयोजक यादवले जानकारी दिनुभयो ।

अनलाईनमार्फत बिमा गर्न शुरु भएपछि अहिले दैनिक रुपमा २० देखि ३० वटा फारमहरु आउने गरेको उहाँको भनाई छ । ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रम अन्र्तगत बिमा गरिएका छोरीहरुले मापदण्ड पूरा गरेमा २० वर्षपछि तीन लाख रुपियाँ पाउने व्यवस्था छ । जस अनुसार कक्षा १२ सम्मको अध्ययन गर्न लगाउने प्रतिवद्धता पूरा गरिएमा मात्र २० वर्षपछि बीमाको तीन लाख रकम पाउने व्यवस्था गरिएको छ ।


सम्बन्धित समाचार