Logo

११ चैत,वीरगञ्ज । शिवम् लेयर्स फार्म प्रालि. उद्योग बन्द गर्न गाउँपालिकाले अल्टिमेटम जारी गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादीस्थित कुखुराको अण्डा उत्पादन गर्ने उद्योगले फैलाएको दुर्गन्धको कारण ५ वटा बस्तीका हजारौँ मानिसहरु महामारीको उच्च जोखिममा रहेको समाचारहरु प्रकाशन भएपछि १५ दिनभित्र उद्योग बन्द गर्ने अल्टिमेटम दिएको हो ।

गत चैत्र ८ गते कार्यपालिकामा बसेको बैठकले सो सो निर्णय गरेको बताईएको छ । सोही क्षेत्रका वडा नं. २ र ३ का १ सयभन्दा बढि स्थानियले शिवम् लेयर्स फार्म उद्योगलाई आवश्यक कारवाहीको गर्न उजुरी दिएको र सोही उपर छलफल गरि उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु पालना गर्न जानकारी गराउँदा समेत उद्योगले अटेरी गर्दै आएको कारण पालिकाले यस्तो निर्णय लिएको सूचनामार्फत जानकारी दिईएको छ ।

दिन प्रतिदिन जनगुनासोहरु बढ्दै जाँदा पालिकाले उद्योगलाई पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएकाले दुर्गन्ध बढ्नुको साथै झिँगा भन्किने समस्या बढ्दै गएकोले गत चैत्र २ गते गरिएको अनुगमन समितिको प्रतिवेदन अनुसार उद्योग बन्द गर्न १५ दिनभित्र निर्देशन दिइने निर्णय गरेको हो ।

अनुगमन समितिले दिएको प्रतिवेदनमा नेपालको संविधान, २०७२ को धारा ३०, स्वच्छ वातावरणको हक (मौलिक हक) बाट गाउँपालिकाको हजारौ नागरिकहरुलाई वञ्चित गराइएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ अनुसार र वातावरण संरक्षण ऐन २०७६ विपरित कार्य गरि छरछिमेकको नागरिकको स्वास्थ्यसँग गम्भिर खेलवाड गरेको र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम ११ अनुसारको फोहरमैला व्यवस्थापन सम्बन्धी गाउँपालिकाको कार्यालयसँग अनुमति समेत नलिएको सूचनामा उल्लेख छ ।

अनुगमन समितिको प्रतिवेदनमाथि भएको छलफल पश्चात नेपालको संविधान २०७२ को अनुसूचि ८ को बुँदा नं. १० को अधिकार, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानून अनुसार गाउँपालिकाले लिखित तथा मौखिक निर्देशन दिँदा त्यसलाई वेवास्ता गर्दै नागरिकको स्वास्थ्यसँग गम्भिर खेलवाड गरेकोले उक्त उद्योगलाई १५ दिनभित्र बन्द गर्न लेखि पठाउने र सोको जानकारी सम्बन्धित निकायहरुलाई गराउने निर्णय गरिएको पालिकाकी उपप्रमुख ममता चौधरीले जानकारी दिनुभयो ।

सो निर्णयको बोद्धार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा, घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज (पर्सा) लाई पठाएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच शिवम् लेयर्स फार्म प्रा.लि. मापदण्डबमोजिम नै सञ्चालन भएको सञ्चालक शिवजी कलवारले दावी गर्नुभएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ गादीस्थित लेयर्स फार्म मापदण्ड विपरितका कुनै पनि काम नगरेको सञ्चालक कलवारले दावी गर्नुभएको हो । चैत, बैशाख र जेठ महिनामा झिँगाको प्रकोप बढी लाग्ने भएका कारण देखिएको बताउँदै उहाँले आफ्नो उद्योगकै कारण झिँगा देखिएको भन्ने कुरा अस्विकार गर्नुभयो ।

सबै दूषित पदार्थहरु उद्योग परिसरमै निर्मित डम्पिंङ एरियामा फाल्ने गरेको उहाँको भनाई छ । आफुले पूर्ण रुपमा व्यवस्थित ढंगले उद्योग सञ्चालन गरेको उहाँको दावी छ । उद्योगका प्रतिनिधिलाई खबरै नगरी आफ्नै हिसावले जनप्रतिनिधि अनुगमनमा आएको बताउँदै उहाँले उद्योगसँग कुनै समन्वय नभएको बताउनुभया


सम्बन्धित समाचार