Logo

फाइल तस्बिर

१२ चैत,वीरगञ्ज । तराईमा मनाईने चैती छठको आज दोश्रो दिन खरना मनाईदै छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत पहिलो दिन हिजो वर्तालुले ‘नहाय–खाय’ विधिबाट ब्रत सुरू गरेका छन् ।

दोस्रो दिन अर्थात पञ्चमीका दिन आज ‘खरना मनाइदै छ । खरनालाई बोलिचालीमा रसिआव रोटी पनि भनिन्छ । रसिआव रोटीकको अवसरमा आज ब्रतालुहरु निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने चलन छ । प्रसादमा खीर ,केरा, दुध एवम् मिठा राखेर बनाइएका विभिन्न परिकारसहित फलफुल चढाइने गरिन्छ ।

भोलि तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा गएर अस्ताउँदो सुर्यलाई दिईनेछ । जसलाई सँझिया घाट पनि भन्ने गरिन्छ । अर्घमा मुला, उखु, भण्टा, मिठाको ठकुवा, भुसवा ,केरा, नरिवल लागायतका सामग्रीहरु चढाउने परम्परा छ ।

सन्ध्या अर्घपछि रातभरि ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्नेछन् । यो विधिलाई ‘भोरे घाट अर्थात र ‘पारन’ पनि भन्ने गरिन्छ ।

चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने, चर्म रोग निको हुने सन्तान हुने, र परिवारमा खुसीयालीसंगै प्रसन्नता प्राप्त हुने विश्वास रहेको छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले छठ पर्व मनाइने गरिन्छ ।

 


सम्बन्धित समाचार