Logo

१३ चैत्र, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप फुटबल प्रतियोगिता चैत्र २५ गते हुने भएको छ ।वडा कप फुटबल प्रतियोगिता आयोजक समितिको आयोजनामा चैत्र २५ गतेदेखि बैशाख २ गते सम्म हुने आयोजक वडा नं.११ को कार्यालयले जनाएको छ ।

खैरवा खेल मैदानमा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजक समितीका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो । वडा नम्बर ११ को कार्यालयको आयोजनामा सञ्चालन गर्न लागिएको प्रतियोगितामा बारा ११, थारु ११, विरगञ्ज युथ क्लब, त्रिशुल युवा क्लब बकुलिया, सिमरा भेट्रान क्लब, पर्सागढी युवा स्पोर्टस क्लब बढनिहार, रामबन टाडी क्लब र आयोजक ११ बिच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद २५ हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रत्यक दिन म्याच अफ द म्याचसहित बिभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने अध्यक्ष गौतमले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल शाहले वडा नम्बर ११ मा खेल र खेलाडीको विकास गर्न वडा प्रतिवद्ध रहेको बताउनुभयो ।उहाले आागमी दिनमा खेल क्षेत्रमा अझै धेरै बजेट बिनियोजन गर्ने बताउनुभयो ।


सम्बन्धित समाचार