Logo

१३ चैत्र, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ स्थित अमाडारमा ब्रहमकुमारी राजयोग सेवा केन्द्रद्धारा सञ्चालित ब्रहमकुमारी पाठशाला भवनको शिलान्यास भएको छ ।

भवनको शिलान्यास निबर्तमान प्रतिनिधि सभा सदस्य तथा जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु यादबले गर्नुभएको थियो । निबर्तमान प्रतिनिधि सभा यादबले बच्चा उमेर देखि नै बालबालिकाहरुलाई ईश्वरीय ज्ञान दिनुपर्ने आवश्यक्ता औल्याउँनुभयो । त्यसकालागि ब्रहमकुमारी पाठशालामा बालबालिकालाई खेल्दै सिक्ने सामग्री ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

ब्रहमकुमारी राजयोगले एउटा उमेर पुगिसकेका ,युवा ,अधबैशे र बुढाबुढीलाई ईश्वरीय ज्ञान दिनमा बढी ध्यान केन्द्रित गरेका कारण यसको प्रतिफल सोचे जस्तो हासिल हुन नसकिरहेको बतथाउँनुभयो । प्रदेशमा आफनो पाटीको सरकार रहेको र केन्द्र सरकारमा पनि आफनो पाटी सहभागी हुन गईरहेकाले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै वडा नं.११ का वडा अध्यक्ष बिन्दा साहले वडा स्तरीय बजेटबाट ब्रहमकुमारी पाठशाला भवनको निर्माणकोलागि सहयोग गरेको र भाबी दिनमा पनि सहयोग गर्दै जाने बताउँनुभयो । पाँच धुर जग्गामा करिब ५० लाखको लागतमा दुई तल्ले भवन निर्माण हुने ब्रहमकुमारी राजयोग सेवा केन्द्रका प्रमेश्वर भाईजीले जानकारी दिनुभयो ।

निर्माण हुने भवनमा सभाहल ,किचेन ,बाथरुम ,भरयाङ् हुने ब्रहमकुमारी राजयोग सेवा केन्द्र सिमराले जनाएको छ । ब्रहकुमारी राजसेवा केन्द्र सिमराकी प्रमुख मधु बहनजीको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रिय सदस्य भरत खड्का ,भद्रभलादमी , समावसेवी ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

 


सम्बन्धित समाचार