Logo

तस्बिर —नूरआलम बादशाहको फेसबुकबाट

१४ चैत, सिम्रौनगढ । बाराको सिम्रौनगढमा पनि आज बिहान भएको आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट भएको छ । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिनुभयो ।

रामप्रित हाजराको घरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिनुभयो ।

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।


सम्बन्धित समाचार