Logo

फाइल तस्बिर

१४ चैत,वीरगञ्ज । आगामी चैत १७ गतेबाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईको लागी पर्सा जिल्लामा आवश्यक तयारी पूरा भइसकेको जिल्ला शिक्षा समन्वय इकाई समितिले जनाएको छ ।

एसइई परिक्षामा यस पटक पर्साबाट ९ हजार १ सय ६५ जना विद्यार्थीले सहभागी हुने भएका छन् । पर्साबाट १ सय ८५ प्राविधिकतर्फका र ८ हजार ९ सय ८० गरी ९ हजार १ सय ६५ जना विद्यार्थीले एसइई परिक्षा दिने भएका छन् ।

परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन पर्सा जिल्लामा २५ वटा परीक्षा केन्द्र तोकिएको छ । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष सहित १० जना शिक्षक, १० जना प्रहरी र तीन जना कार्यालय सहयोगी गरी २३ जना जनशक्ति परिचालन गरिने तयारी भइरहेको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले टोली बनाएर निरीक्षण, अनुगमन गरिने व्यवस्था मिलाइएको छ ।


सम्बन्धित समाचार