Logo

तस्बिर —विशाल पटेल

१४ चैत,वीरगञ्ज । तराई मधेशमा आदिदेव भगवान सूर्यको उपासना गरी चारदिनसम्म मनाइने चैती छठ पर्व आज सम्पन्न भएको छ । आज बिहान उदाउँदो सूर्यलाई ब्रतालुले पूजसामग्री अर्घ्य दिएपछि विधिवत चैती छठ पर्व सकिएको हो ।

आजको दिनलाई पारन पनि भन्ने गरिन्छ । अर्घ्यमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ ।हिजो साँझ अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ्य दिइएको थियो ।

कार्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।


सम्बन्धित समाचार