Logo

१४ चैत,विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।रोडशेष चोकमा आन्दोलनकारी र प्रहरीको झडपका कारण विराटनगर बजारक्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्रमा पसेर प्रहरीको घेरा तोड्न खोजेकोले बल प्रयोग गरिएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताए ।प्रदेश सांसद सहभागी हुने कार्यक्रमस्थल बिग होटल घेराउ गर्न आन्दोलनकारी पुगेका थिए ।

उनीहरूले प्रहरीको घेरा तोड्दै होटलमा तोडफोडसमेत गरेका छन् ।आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।विराटनगरमा पहिचानवादीको आन्दोलनलाई ध्यान दिँदै स्थानीय प्रशासनले चैत पहिलो साताबाट निषेधित क्षेत्र तोकेको छ

।यही ५ गते आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो । लिम्बूको मृत्युपछि कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले थप आन्दोलन सुरू गरेको छ ।मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कार्यालय खोलेको आरोपमा आज कुटपिट गरिएको छ ।


सम्बन्धित समाचार