Logo

१५ चैत,वीरगञ्ज । प्रहरीले सामान ढुवानी गर्ने लहरीबाट प्रतिबन्धित लागूऔषध सहित दुईजनालाई पक्राउ छ । गएराति नौ बजेको समयमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकमा खटिएको प्रहरी टोलीले मधेस प्रदेश ०३–००१ क.२२४३ नम्बरको टेलर (लहरी) चेकजाँच गर्ने क्रममा लहरीको क्याविनमा लुकाई ल्याएको लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको हो ।

रामेछाप जिल्ला खाँडदेवी गा.पा.वडा नं.२ बस्ने बर्ष ३१ को अर्जुन कुमार श्रेष्ठले चलाएको लहरीमा बसेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बस्ने बर्ष १९ को दिपेश कार्की चालकलाई पनि पक्राउ गरेको छ ।

टेलर (लहरी) को क्याविनमा चालक र सह–चालक बस्ने सिट पछाडी रहेको लामो सिटमुनी लुकाईएको लागुऔषध ईन्जेक्शन २ एमएल, डाईजिपाम २८ एम्पुल, नुर्फिन २८ एम्पुल, फेनारगन २८ एम्पुल, नाईट्राभेट १० लेखिएको ७५ वटा ट्यावलेट र नाईट्राजिपाम ८० ट्याव्लेट फेला परेको प्रहरीले दावी गरेको छ ।

लागूऔषध सहित चालक अर्जुन कुमार श्रेष्ठ र सह–चालक दिपेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि लागुऔषध सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार