Logo

१५ चैत्र, बारा । बरिष्ठ सिनेकर्मी तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामा नेपाल कराते महासङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले बारा निजगढ निवासी लामाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित भएका हुन् ।

नेपाल कराते महासङ्घले आफनो बिधान बनाउन र महाधिबेशन गर्न नसकेपछि खेलकुद परिषदले नेपाल कराते महासङ्घ बिघटन गरी लामाको नेतृत्वमा तदर्थ समिति गठन गरी बिधान निर्माण, महाधिबेशन गरी कार्य समिति बनाउन जिम्मेवारी दिएको थियो । महाधिबेशनले महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ जनालाई उपाध्यक्षमा चयन गरेको छ ।

देवकुमार लामा, प्रकाश मोहन धौभडेल, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा उपाध्यक्ष चयन भएका छन् । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए ।

सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन ।यस्तै सदस्यमा रवि महर्जन, रामबहादुर सिंह ठकुरी, राजेन्द्र बराल, सञ्जयसुन्दर सैँजु, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, शाहीकुमारी तिनुङ चयनभएका छन ।

अध्यक्षले मनोनित गर्ने स्थानमा लामाले सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेका छन ।७६ जना मताधिकार प्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए ।


सम्बन्धित समाचार