Logo

१५ चैत,वीरगञ्ज । मधेस प्रदेशमा भोली सार्वजनिक विदा हुने भएको छ। । चैत्र १६ गते बिहीबार भोली भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा मधेस प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको हो ।

रामनवमी जनकपुरधाम सहित देशैभर धुमधामका साथ मनाइन्छ । अघिल्लो वर्ष रामनवमीको अवसरमा केन्द्रीय सरकारले पनि सार्वजनिक विदा दिएको थियो । तर, यसवर्ष हालसम्म सरकारले विदा दिने निर्णय भएको छैन ।


सम्बन्धित समाचार