Logo

१५ चैत, चितवन । चितवनको निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेपाली कांग्रेसले पूर्व सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। नेपाली कांग्रेसको पदाधिकारी तहमा भएको छलफलमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाल कांग्रेस चितवनले जनाएको छ ।

गत आम चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएपछि पद खाली भएको थियो ।

आगामी वैशाख १० गते चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम समावेश थियो ।

१३ जना मध्येबाट श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । भोली विहान कांग्रेस पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने औपचारीक निर्णय गर्ने नेपाली कांग्रेस चितवनका एक पदाधिकारीले बताए ।

४३ वर्षीय श्रेष्ठ कांग्रेसमा प्रखर वक्ताका रुपमा चर्चित छन् । २०७४ को निर्वाचनमा उनी चितवन– २ को प्रदेश ‘क’ बाट उम्मेदवार थिए । तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घनश्याम दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए । २०७२ सालमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनबाट ३६ वर्षकै उम्मेदवार उनी सभापति बनेका थिए ।

एमालेले कृष्णभक्त पोखरेल, देवी ज्ञवाली र विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । पोखरेल गत निर्वाचनमा तेस्रो भएका थिए भने प्रदेशसभा सदस्यमा पराजित भएका थिए । एमाले जिल्ला अध्यक्ष समेत रहेका सुवेदी भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट सभापति रवि लामिछाने उम्मेदवार बन्ने निश्चित छ । चितवन–२ मा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार दिने निर्णय गरिसकेको छ । जनमोर्चाले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


सम्बन्धित समाचार