Logo

१६ चैत्र, बारा । मकवानपुर ११ हेटौंडालाई हराउँदैँ हिमालयनशेर्पा फाईनलमा प्रबेश गरेको छ । हिमालयनशेर्पाले मकवानपुरलाई ३–० ले स्तब्ध पारेको हो ।

बुधबार राती सिमरा रङ्गशालामा सम्पन्नपहिलो सेमिफाइनलमामकवानपुरविरुद्ध आक्रामक खेल खेल खेल्दै एक दशक पछि हिमालयन शेर्पा फाइनलप्रवेश ग¥यो । २०६७ सालमा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधिजितेको २०६९ को चौथो सिमरा गोल्डकपमा उप–विजेता बनेको थियो ।

सिमरा रङ्गशालामा निरन्तर सहभागिताजनाउँदै आएको शेर्पाले दशकपछितेश्रो पटक फाइनलयात्रा तय गरेको हो । हिमालयनशेर्पाको तर्फबाट सुशिलले १ र निशान लिम्बुले २ गोल गर्नुभएको थियो ।

प्रतियोगिताअन्तर्गत विहिबार साविकविजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज यूनाईटेड विच दोश्रो सेमिफाइनल खेल हुनेछ ।शनिबार हुने फाइनलखेलको प्रमूख अतिथीका रुपमा उप–राष्ट्रपति रामसहाय प्रसाद यादबउपस्थितहुने तय भएको आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार