Logo

हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हिजो साँझ सिमरामा भएको खेलमा मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको हो ।

सिमरा रंगशालामा सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा मकवानपुर विरुद्ध आक्रामक खेल खेल्दै एक दशकपछि हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको हो । २०६७ सालमा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको उपाधिजितेको २०६९ सालको चौंथो सिमरा गोल्डकपमा उप–विजेता बनेको थियो ।

सिमरा रंगशालामा निरन्तर सहभागिता जनाउँदै आएको शेर्पाले दशकपछि तेस्रो पटक फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिता अन्तर्गत आज साविक विजेता न्युरोड टिम एनआरटी र चर्च ब्वाईज युनाईटेडबीच दोस्रो सेमिफाइनल खेल हुने भएको छ ।

शनिबार हुने फाइनल खेलको प्रमुख अतिथिका रुपमा उप–राष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित हुने आयोजक कमिटीका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार