Logo

१७ चैत,सेढवा । पर्साको ठोरी गाउँपालिकाको कार्यालय घ्याङ्गडाडामा आज स्वास्थ्य शिविर सम्पन्न भएको छ । ठोरी गाउँपालिकाको आयोजना एवम् प्रभु हस्पिटल वीरगञ्जको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

शिविरमा स्त्री तथा प्रसुति रोग, हाड तथा नसा रोग, बाल रोगका बिरामीको निशुल्क चेकजाँच गरिएको थियो । साथै अवस्ट्रेटिक फिस्टुला, आङ खस्ने, बाझोपन, स्तन क्यान्सर तथा भिआईए प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको समेत चेकजाँच गरिएको बताईएको छ ।

शिविरमा ५ सय ३३ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेशराज थिङले बताउनुभयो । शिविरमा प्रयोगशाला सेवा र फिजियोथेरेपीको पनि व्यवस्था रहेको सामाजिक अभियान्ता दिलिपराज कार्कीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले उद्धघाटन गर्नुभएको कार्यक्रममा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रोविन्स साह, बालरोग विशेषज्ञ डा. असलम अन्सारी र फिजिसियन डा. शिव कुमार झाले बिरामीको स्वास्थ्य परिक्षण गर्नुभएको हो । चेकजाँच पश्चात उनीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

 


सम्बन्धित समाचार