Logo

१८चैत,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समन्वय समितिको बार्षिक सधारण सभा शुक्रबार सम्पन्न भएको छ । वीरगञ्जको होटेल क्लासिक बैंक्वेटमा सम्पन्न साधारण सभामा संगठनका सचिव शिवनाथ यादव र कोषाध्यक्ष विदुर गौतमले प्रस्तुत आर्थिक र सांगठनिक प्रतिवेदन संसोधन सहित पारित गरेको छ ।

बन्दसत्रमा संगठनको नेतृत्वमाथि उठेका प्रश्नहरुको नेतृत्वले उचित सम्बोधन गर्ने र संगठनलाई थप क्रियाशील गर्दै लैजानको लागि जिम्मेवारी समेत आवश्यकता अनुसार हेरफेर गर्ने निर्णय समेत भएको छ ।

बन्दसत्रमा प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, महासचिव सन्तोष पौडेल, सचिव राजु विक, केन्द्रीय सदस्य, धुवराज दाहाल, नीरज पिठाकोटे मगर, जगत राई, अनुशासन समिति सदस्य रामबाबु मेहेता, मधेस प्रदेश अध्यक्ष किरण कर्ण, सचिव मूनेश लायो मगर, मकवानपुर अध्यक्ष अञ्जली थापा लगायतको उपस्थिति रहेको थियो ।

यसअघि प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटनसत्रमा प्रमुख अतिथि प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेकपा माओवादी केन्द्र केन्द्रीय प्रचार विभाग सदस्य गोविन्द देवकोटा, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भएको साधारणसभाको प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले उदघाटन गर्नुभएको थियो ।

उहाँले पत्रकारिता पेशा मर्यादित पेशा भएकोले सञ्चारकर्मीहरुले सथ्य, तथ्य एवं निश्पक्ष ढंगले समाचार प्रकाशन प्रशारण गर्नुपर्नेमा जोड दिदै प्रेस सेण्टरमा आवद्ध सञ्चारकर्मीहरुले जनपक्षीय पत्रकारितामा अझ बढी कलम चलाउनुपर्ने सुझाव दिनुभयो । परम्परागत शैलीमा गरिने पत्रकारिता भन्दा अहिलेको आधुनिक पत्रकारिता फष्टाएको चर्चा गर्दै प्रिन्ट मिडिया भन्दा ईलेक्ट्रोनिक मिडिया बढी प्रभावकारी हुदै गएको बताउनुभयो ।

पत्रकारिता पेशा केही अनलाईनका केही व्यक्तिहरुले बदनाम गराईरहेकोमा त्यसलाई सुधार गर्नु पर्ने आवश्यता औल्याउनुभयो । प्रेस सेन्टर नेपालका पर्सा अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको उदघाटन सत्रमा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज विजय महतो, वैकल्पिक केन्द्रीय सदस्य रामबाबु बैठा, प्रेस सेन्टरका केन्द्रीय सचिव राजु विश्वकर्मा,

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारी, समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष मनोज पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर र सञ्चालन जिल्ला सचिव शिवनाथ यादवले गर्नुभएको थियो ।


सम्बन्धित समाचार