Logo

१८ चैत,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–३ बिरुवा गाउँमा एक महिला आफ्नो घरमा पासो लगाएको अवस्थामा आज बिहान मृत फेला परेकी छन् ।

बिरुवा गाउँ निवासी उपेन्द्र माझीकी श्रीमती २२ बर्षीया गनिता देवी माझीले आफ्नै घरमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको मुचुल्का उठाई पोस्टमार्टमको लागि बिरगंज स्थित नारायणी अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार